कस्तो अचम्म र आनौठो छ है ।मानिस् को जिवन भौतिक परिबेसको धरातलामा सुख अनि रमाइलोको खोजिमा दु;ख ,पिडा समस्याहरु लाई अन्तर हृदयको गहिरो सगर मा छीपाई कहाँ-कहाँ भौतरिदै अनेकौ कठिनाई आरोह अबरोह को संघर्समय गोरेटोमा पिल्सिदै समयको चक्र सँग कहिले यता कहिले उता बर्षात को भेल झै यता ठोकिदै उता ठोकिदै अन्त मा बगर मा फालिएको ढुङ्गा झै बेबारीसे अवस्थामा पुग्ने यो जिन्दगीमा के आस ? के भरोस् ? हो वास्तब मा सुख हामी सबैको प्यारो हुन्छ तर यो दुई दिनको पाहुना मात्रै रहेछ । मन भित्र बिभिन्न उदेस्य र आकान्क्षा लिएर भोली को सुन्दर सपनको महलमा अडिएको यो झिनो अनि अबिश्वासाको जीवनमा के यो पुरा हुन सक्छ र? यस्तै यस्तै सुनौलो त्यन्रोको आसै आसमा आडिएको छ भोलिको बिहानि, खोलाको सल ल बगिजाने पनि सारी छ, यो हाम्रो मनब जिवान कहाँनी कहिले कहाँ गएर कसरी अन्त हुनेछ यो कसैले पनि भबिस्य बार्णी गर्न सक्दैन । तेसैले त अचम्म छ यो दुई दिन को जिन्दगी,एक मुठ्ठी प्राण हुने सम्मा त हो केवल तेरो र मेरो भन्ने लालचको भावना उत्पन्न हुने, कस्तो अनौठो लाग्छ यो मनब परिबेस को जन्जिर हे दैब ::::::::यो मनब जन्जिरा को भुमरी भित्र कोही भने सुख सयल अनि धनै धन ले मत्तु भएर आफ्नो यथर्ता जीवनलाई भुलेर छुट्टै संसारमा रमाई रहेका छन भने कोही भने आफ्नो कहाँली लाग्दो जिन्दगी देखि वीरक्ता भएर मर्नु न बाच्नु को संघरमा खडा भैरहेकोछ,कोही एक सरो लाउने कपडा छैन खाने गास छैन बस्ने बास छैन सबै बाट तिरास्कृत भएर जीवन देखि हार खाएर समय को चक्र सँग दसी बनी वाध्य भएर परिस्थितीको सामना गर्नु परेको छ, आज आफु जन्मेको प्यारो मातृभुमी लाई सुख को खोजिमा बिछोड को हात हल्लाउदै भौगोलिक धरातल को एक कुना मा आइपुगेको छु आज आफु जन्मेको हुर्केको ठाउ जहाँ यी दश नग्रको बलले पौरख गरेर खाएका अन्नादाता भुमी प्यारो नेपाल को सम्झनले उकुस् मुकुस् भएको तरङ आज आशु बनी बगिरहेको छ । 'भनिन्छ आशु मानव आत्मा बाट श्रीजना भएको पवित्र गंगा भनेर "। । यथर्तामा जीवन को मोड हरु कति खेरा कहाँ गएर परिवर्तन हुने हो त्यो हामीले भन्न सकिदैन बर्तमान लाई अङल्दै भाबी दिनको सामना अनि परिस्थितीसँग लुकामरी खेल्दै भोली लाई भेट्ने मिठो सपना मा अडिएको हुन्छ तर अपसोच भोली हामी कहिले पनि भेट्न सकिदैन । । यस्तै - यस्तै अन्त र तरङहरु सँग आदन प्रादन गर्दै यो भारि मन लाई केही हलुको भएको महसुस् गर्दै आज लाई बिदा चाहन्छु उहि एकान्तका साथी >>>>(k6_chandra@yahoo.com.au)
चन्द्र गुरुङ दाउन्ने देवी -२ सुर्यनगर्, नवलपरासी हाल्- पोस्ट बक्स न्० ७६ दोह,कत्तर